एमाले अध्यक्ष ओलीले एक्लै डेढ घण्टा सम्म चिनियाँ राजदूत होउ यान्छी सँग के-के गरे कुरा ?

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन्। होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेको ओलीको सचिवालयले पुष्टि गरेको छ।

नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेटेर आफ्ना सरोकार दर्शाएकी छन्। यद्यपि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

गत साता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका एक नेताले एमाले महासचिव शंकर पोखरेलसँग भिडियो संवाद गरेका थिए। संवादमा चिनियाँ नेताले अमेरिकी परियोजना एमसीसीबारे चासो राखेको समाचार सार्वजनिक भएका थिए।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा चिनियाँ विज्ञहरुले एमसीसीलाई अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटिजीको अंगका रुपमा ब्याख्या गर्दै उक्त रणनीतिमा सहभागी हुनु नेपालको हितमा नरहेको उल्लेख गरेका थिए।

कतिपय चिनियाँ विज्ञले एमसीसी अमेरिकाको चीन घेर्ने विश्व रणनीतिको हिस्सा रहेको भन्दै त्यसमा सहभागी हुँदा नेपालले विचार पु¥याउनुपर्ने बताएका थिए। एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म पर्न सकेको छैन। प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी अनुमोदनका पक्षमा नरहेको बताउँदै आएको छ।

उसले एमसीसीबारे प्रधानमन्त्री देउवाले यही साता डाकेको सर्वदलीय बैठक बहिष्कार गर्यो। एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन्। उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका छन्।

अमेरिकामा एमसीसीको कार्यकारी बोर्डको बैठककै दिन पारेर मंसिर २८ गते नेपालमा संसद बैठक डाकियो। त्यसपछिका बैठकमा एमालेले नाराबाजी गरे पनि नाराबाजीकै क्रममा सभामुखले कामकारबाही अगाडी बढाएका छन्। अब पुस १८ गते बस्ने संसद बैठकले एमसीसी पास गर्ने योजना बुझेपछि चिनिया राजदूतले ओली भेटेको श्रोतको भनाई छ।