कांग्रेस केन्द्रीय सदस्यको दलित खुलामा कसको मत कति ? यस्तो छ पछिल्लो नतिजा

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य दलित (खुला)को मतगणना भइरहेको छ । पाँच सिटका लागि १० जना उम्मेदवार छन् । अहिलेसम्म १३०२ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा मानबहादुर नेपाली अग्रस्थानमा छन् ।

उनले ६२३ मत प्राप्त गर्दा दोस्रोमा रहेका प्रकाश स्नेहीले ६१३ मत प्राप्त गरेका छन् । यस्तै, हरिशरण नेपालीले ५७८ मत ल्याउँदा नृपबहादुर वडको ५८२ मत आएको छ ।

निर्वाचन समितिका अनुसार बुद्धिराम महर्जनको ५२०, मैकुलाल बाल्मीकीको ५३१, डोबाटे विश्वकर्माको ४९८, रामसुन्दर महराको ४३५ र पुछारमा रहेका शिवबहादुर सुनारको ३८९ मत आएको छ ।