लोकसेवाका अध्यक्षको त्यो म्यासेज जसले न्याय सेवा आयोगको बैठक नै स्थगित गरिदियो

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् । रेग्मीले चोलेन्द्रलाई म्यासेज गरेपछि आजका लागि बोलाईएको बैठक रोकिएको हो।

न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए । प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्। अर्को बैठक कहिले बनसे भन्ने टुगो लागेको छैन।