भव्य रुपमा दिवस मनाउनुपर्नेमा वकिलले दिए अदालतमा धर्ना

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

आज नेपाल बार दिवस हो। बारका पदाधिकारीहरूले भव्य रुपमा दिवस मनाउनुपर्ने उनीहरू आन्दोलनमा उत्रिएका छन्।

बार दिवस-२०७८ का उपलक्ष्यमा नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी गरेको छ।

कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरू र वरिष्ठ अधिवक्ताहरूको सहभागिता रहेको छ। न्यायाधीशका कार्यप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको बारले बार दिवसको अवसरमा समेत आन्दोलन गरेको हो।