घट्यो आज पनि ह्वातै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज किनबेच ?

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला केही दिनयता नेपालमा सुनको मूल्य घट्दो क्रममा रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको थियो । सोमबार भने प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।