काठमाडौँ उपत्यकामा एकै दिन १४६ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४६ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २९० जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।मंगलबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २४२ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा १२ हजार ४७३ पीसीआर तथा ४ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ।