कांग्रेस कर्णालीको मतगणना अन्तिम चरणमा, शाहले केन्द्रीय सदस्य जित्ने निश्चित

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिले प्रदेशतर्फको केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।

हालसम्म पदाधिकारीसहित खुला तथा महिला केन्द्रीय सदस्यको मतगणना सकिइसकेको छ। त्यसैगरी समावेशी समूहतर्फ पनि केहीको मतगणना सकेर विजेता घोषित भइसकेका छन्।

कर्णाली प्रदेशतर्फको २ हजार मतगणना गरिएको छ। जारी मतगणनामा राजीवविक्रम शाहले फराकिलो अग्रता बनाएका छन्। उनले १२०८ मत प्राप्त गरेका छन्।

यस्तै, अन्य उम्मेदवाहरूमा हृदयराम थानीले ९८१, कर्णबहादुर बुढाले ९४२, दिनबन्धु श्रेष्ठले ६४१ र नारायण भट्टराईले १५८ मत प्राप्त गरेका छन्। प्रदेशबाट दुई जना निर्वाचित हुनेछन्।