कांग्रेस महामन्त्री शर्माले यसरी सुनाए कांग्रेस पहिलो पार्टी बन्ने कुरा

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब बदलिएको, बलियो र आमनिर्वाचनमा पहिलो पार्टीका रुपमा अगाडि आउने बताएका छन्।

प्रेस युनियनले गरेको कार्यक्रममा शर्माले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा अगाडि रहने बताए। ‘अब राष्ट्रिय रुपमा नेतृत्व गर्न सक्नेगरी बदलिएको रुपमा र पहिलो दलका रुपमा कांग्रेस आउनेछ,’ उनले भने।

शर्माले कांग्रेसले अबको दशकमा मुलुकलाई समुन्नत दिशामा लैजाने पनि बताए। अब आउने बहुमतको सरकारले मुलुकका सामु रहेका जटिलतालाई हल गर्न परिपक्व ढंगले सोच्नुपर्ने उनको भनाइ छ।