एमालेको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकले यी दुई अध्यादेश स्वीकृत गर्यो

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले पेश गरेको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ बैठकले स्वीकृत गरेको हो ।

यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ती अध्यादेश अस्वीकार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए। तर, उनको प्रस्ताव पारित भएन । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राखेको छ । एमालेको नाराबाजीबीच अध्यादेश स्वीकृत भएको हो।