यौन काण्डमा रंगेहात पक्राउ परेका यादवलाई देउवाले बोकेपछि भयो हङ्गामा, के थियो घटना ?

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

२०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडिबाट रंगेहात पक्राउ परेका यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् । त्यतिबेला रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका यादवसहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चारित्रिक हिसाबले बिबादास्पद उनै यादवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को सभापतिमा उठाउने तयारी गरेका छन् । अर्कातिर, नेता विमलेन्द्र निधिको समर्थनमा प्रदेश नं. २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादव उम्मेदवार बनेका छन् । सभापति देउवाले बिबादास्पद छवीका यादवलाई उम्मेदवार बनाउने प्रयास गरेपछि प्रदेश नं. २ का देउवा समर्थकहरू समेत उनको बिरुद्ध लागेका छन् ।

प्रदेश राजधानी जनकपुरधाममा यतिबेला चरित्रहीन यादव हराऔं भन्ने अभियान नै चलेको छ । चरित्रहीन व्यक्तिलाई उम्मेदवार बनाएमा आफूले समर्थन गर्न नसक्ने देउवानिकट रौतहट कांग्रेसका नेताहरूले बताएका छन् ।

स्मरणीय छ, प्रहरीले पक्राउ गरेको २ दिनपछि नेपाली कांग्रेसका नेताहरूको आग्रहमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको निर्देशनमा यादव छुटेका थिए ।