सिभिल बैंकले लाभांश घोषणा गर्यो, अघिल्लो सालको भन्दा कम किन भयो ?

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ३.१६ प्रतिशत कम हो । बैंकले सो आवमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।