इन्द्रेणी कम्प्लेक्समा आगो लाग्यो

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजे बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।