अब कांग्रेसको कुन-कुन क्लस्टरको मतगणना गर्न बाँकी छ ?

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतणना जारी छ । अहिले विभिन्न क्लस्टरमार्फत केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अहिले महिला खुला, मधेशी खुला र महिला केन्द्रीय सदस्यहरुको गणना भइरहेको जानकारी दिए । उनले ‘प्रदेश १, वाग्मती प्रदेशको पनि मतगणना भइरहेको छ,मुस्लिम महिला र खुला, थारु महिला र खुलातर्फका केन्द्रीय सदस्यहरुको पनि गणना भइरहेको छ ।’

उनका अनुसार क्लष्टरबाटै अल्पसङ्ख्यक र दलित केन्द्रीय सदस्यहरुको पनि मतगणना बाँकी छ ।भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको मतगणना बाँकी छ ।