कांग्रेसको महिला केन्द्रीय सदस्यको मत गणनामा पनि सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारले अग्रता लिएका छन्।
१३६४ मत गणना हुँदा डिला संग्रौला अग्रस्थानमा छन्। संग्रौलाले ८२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
देउवापक्षकै पुष्पा भुसालले ८०२, आरजु राणाले ७२८, अम्बिका बस्नेतले ६५८, इश्वरी न्यौपानेले ६४० मत ल्याएका छन्। संग्रौला, भुसाल, बस्नेत र न्यौपाने गत कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए। राणा सभापति देउवाकी पत्नि समेत हुन्।
रमा कोइरालाले ५२९ र सुशीला ढकालले ५१९ मत ल्याएका छन्। शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी सरिता प्रसाईंले ६२४ मत प्राप्त गरेकी छन्। अनिता देवकोटाले ५१३ मत ल्याएकी छन्।
महिला खुलातर्फ ९ जना केन्द्रीय सदस्य चयन हुनेछन्। ९ जनाका लागि ३० जनाको उम्मेदवारी परेको थियो।