नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। ९ जना निर्वाचित हुने यो समूहमा देउवा खेमाकी डिला संग्रौलाले अग्रता लिएकी छन्।
१३ सय ६४ मत गणना हुँदा संग्रौलाले सबै भन्दा बढी र पुष्पा भुसालले ८ सय २ मत ल्याएका छन्। प्रधानमन्त्री पत्नी आरजु राणाले पनि ७ सय २ मत ल्याउँदै तेस्रो स्थानमा छिन्।
शीर्ष ९ मा देउवा पक्षका ७ र डा. शेखर कोइराला पक्षका २ जना छन्।
हालसम्म अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंको ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत छ। सरिता र अनिता मात्रै कोइराला पक्षका हुन्।