स्वाबलम्बन लघुवित्तको लोभलाग्दो लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।

लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (पुस ६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

स्वाबलम्बन गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश लघुवित्तको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।