२० जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिसमा परे, को-को छन् ?

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

नेपाल सरकारको रिक्त सहसचिवमा २० जना उपसचिव बढुवाका लागि सिफारिस भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

लोक सेवा आयोगको बढुवा सूचना नम्बर, सेवा समूह र श्रेणीको रिक्त पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि समितिको आइतबारको निर्णयले उनीहरुको सिफारिस गरेको हो।

निजामती सेवा ऐन, २०४९ को दफा २०(४) र २४ च को प्रयोजन अनुसार २० जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रशासन सेवा, राजपत्र प्रथम श्रेणीको पहिलो नम्बरमा बढुवाका लागि दीपक घिमिरे सिफारिस भएका छन्।

त्यस्तै बढुवा समितिले नारायणप्रसाद सापकोटा, बलराम निरौला, बेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपालकुमार अधिकारी, टुकराज पोख्रेल, वासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछानेलाई बढुवाका लागि सिफारिस गरेको छ। लेखा परीक्षण सेवातर्फ पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठ सिफारिस भएका छन्।