कांग्रेस केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी, कोइराला पक्षबाट ९ जनाले जित हात पारे

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।