बालबालिकालाई मोडर्ना खोप लगाईने जिल्ला कुन-कुन हुन् ? यस्तो छ सुची

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

देशभरका ५७ वटा जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । आजदेखि शुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ ।