एमाले बिनै शुरु भयो सर्बदलीय बैठक

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनको बैठक सकिएपछि सर्वदलीय बैठक सुरु भएको हो ।

बालुवाटारमा बसिरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित भएको छ । एकीकृत समाजवादीलाई अवैध भन्दै आएको एमालेले सो पार्टी सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ ।