प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक एमालेले बंक गर्यो

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। तर, बैठकमा संसद्को ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएको छैन। एमालेले समाजवादी पार्टी सम्मिलित बैठकमा अनुपस्थित हुँदै आएको छ।

प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ। एकीकृत समाजवादी पनि बैठकमा सहभागी हुने भएपछि एमाले सहभागी नभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी लगायत संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठकअघि बालुवाटारमै सत्तागठबन्धनको बैठक बसेको थियो।