रिलायन्स फाइनान्सले लाभांश घोषणा गर्यो, कति प्रतिशन दिने भयो ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको संचित नाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।