तामाङ सुन्दरी छान्न माघ २२ लाई जुराईयो साईत, कति हुँदैछन् सहभागी ? किन छानिन्छ ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

माघ २२ गते यस वर्षको मिस तामाङ सौन्दर्य प्रतियोगिता हुने भएको छ। ‘मिस तामाङ २०२२’का सहभागी हुन चाहनेहरुको अडिसन पुस ३ गते शनिवारबाट शुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जानकारी दिएको छ।

शनिवार काठमाडौंको दरबारमार्गस्थित लिक्वर लाउन्जमा शनिवार २७ जना तामाङ युवतीहरु अडिसनमा सहभागी भए। मिस तामाङ २०१२ सुमी मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ र मिस तामाङ २०१७ का फस्ट रनर अप नावाङ मोक्तान निर्णायकको भूमिकामा थिए।

तामाङ कला, संस्कृति, भेषभुषा, भाषा, संस्कृतिलाई संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिस तामाङ हरेक वर्ष आयोजना हुँदै आएको छ।

२००६ बाट शुरु भएको मिस तामाङको १४ औं संस्करण माघ २२ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन लामाले बताइन्। यस्ता आयोजनाले व्यक्तिव विकाश सहित लुकेको प्रतिभा उजागर हुने भएकाले पनि मिस तामाङ सौन्दर्य प्रतियोगितामा धेरैले चासो ब्यक्त गर्ने गरेका छन्।