१५ सय मत गन्न बाँकी हुँदा कांग्रेस केन्द्रीय सदस्यमा शशांक अगाडी, अरु कसको पोजिशन कस्तो ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला ३५ केन्द्रीय सदस्यको लागि मतगणना जारी छ । गएराति २३९३ मतगणना भएको कांग्रेसमा केहीबेरमा ३६ सय मतगणनाको अपडेट आउने तयारी भएको छ ।

मतदगणना स्थलमा रहेका नेता रामहरि खतिवडाका अनुसार फेरि पनि शशांक कोइराला नै अगाडि छन् । त्यसपछि एनपी साउद, बालकृष्ण खाण, रमेश लेखक, उदयशमशेर राणा, शंकर भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा रहेका छन् ।

पहिलो नम्बरमा रहेका शशांक बाहेक यी सबै नेता संस्थापन शेरबहादुर देउवा निकटका हुन् । अब १५ सय मत गन्न बाँकी छ।

४६८२ ले मतदान गरेकोमा आज नै खुलाको नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप १४ ठाउँमा मतगणना भइरहेको जानकारी निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दिए । खुला ३५ सदस्यका लागि ९९ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । खुलामा ६४ नेता पराजित हुनेछन् ।