बढ्दा बढ्दै किन एकाएक घट्यो सुनको भाउ ? कतिमा हुँदैछ आज कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

केही दिनयता क्रमिक उकालो लागेको सुनको मूल्य आइतबार घटेको छ। साताको पहिलो दिन ४ सय रुपैयाँ घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार तोलामा एक हजार बढ्दा प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा आइतबार झिनो गिरावट छ। ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ४५ रुपैयाँ भएको छ। गत शुक्रबार चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७९८.१८ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २२.३६ डलर छ। गत शुक्रबार सुन प्रतिऔंस १८०२.७९ डलर र चाँदी २२.४३ डलर थियो।