तामाङ पत्रकार संघले नयाँ नेतृत्व पायो, योञ्जनको कप्तानीमा संघ हाँक्ने टीममा को-को परे ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

तामाङ पत्रकार सङ्घले नयाँ नेतृत्व पाएको छ। छैटौँ राष्ट्रिय महाधिवेशनले सुवास योञ्जन तामाङलाई अध्यक्षमा निर्वाचित गरे संगै संघले नयाँ नेतृत्व पाएको हो

हिजो शनिबार स्वयम्भूस्थित पिसजोन होटेलको सभा हलमा भएको छैटौँ राष्ट्रिय महाधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षद्वय विश्वराज लामा र नेत्र तामाङ, महिला उपाध्यक्षमा अन्जु डिम्डुङ र महासचिव तीर्थमान बल चयन गरेको हो।

त्यस्तै दुई जना सचिवमा शिशिर दोङ र उर्गेन लो तामाङले जिम्मेवारी पाए। महिला सचिवमा सरस्वती तामाङ र कोषाध्यक्षको जिम्मा डोल्माछिरिङ तामाङलाई दिईएको हो। सदस्यहरूमा इकमान लामा, युनिकरक्षे ग्लान, विमल तामाङ, मिक्साङ वाइबा, साहिल तामाङ‚ राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, साङ बहादुर लो राजु चयन भएका छन् । त्यस्तै मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान , रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामालगायत सर्वसम्मत चयन भएका हुन् ।

३५ सदस्यीय कार्यसमितिमा बाँकी सदस्यहरू मनोनीत हुने प्रावधान छ। संघलाई बलियो बनाउन कार्य योजनाहरू बनाउँदै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष योञ्जनले बताए।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रको समस्याबारे अब आउने नयाँ नेतृत्वको मुख्य भूमिका रहने बताउँदै यसमा सरकारले सहजीकरण गरिदिने बताए ।

यस्तै कार्यक्रममा सङ्घलाई सहयोग गर्ने विभिन्न सङ्घसंस्था लगायतलाई कदरपत्रले प्रदान गरेका थिए ।महाधिवेशनमा २२ जिल्ला शाखाबाट प्रतिनिधि उपस्थित भएका थिए भने प्रवास शाखा दक्षिण कोरियाबाट प्रतिनिधि रहेका थिए ।