मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ को मृत्यु

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

जापानको ओसाका प्रान्तमा रहेको मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा परी २४ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको उक्त भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान पौने ११ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।

आगलागीमा परी कुल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरूले जानकारी दिएका छन् ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।