अष्ट्रेलिया उडेका ४० विद्यार्थीलाई हिमालय एयरलाइन्सले यसरी मलेसियामा पार्यो अलपत्र

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

हिमालय एयरलाइन्सको लापरबाहीका कारण नेपालबाट अष्ट्रेलिया जना हिँडेका ४० जना विद्यार्थी मलेसियाको क्वालालम्पुर विमानस्थलको टर्मिनल एकमा अलपत्र परेका छन् ।

हिमालय एयरलाइन्सले उडानमा ढिलाई गर्दा मलेसियाबाट कनेक्टिङ फ्लाइटमा उनीहरू जान नपाएका हुन् ।

तोकिएको समयभन्दा करिब दुई घण्टा ढिलो भएपछि कनेक्टिङ फ्लाइटमा उनीहरू जान पाएनन् । टर्मिनल एकमा अलपत्र परेकाहरूलाई त्यहाँको अध्यागमनले काठमाडौं फर्कन वा टर्मिनल एकबाट फ्लाइटको टिकट लिन भनेको छ ।

उनीहरूलाई सुरुमा २४ घण्टाको समय दिइए पनि टिकट लिएको खण्डमा सोमबारसम्म टर्मिनल एकमा बस्न अनुमति दिने अध्यागमनका कर्मचारीले त्यहाँ रहेका यात्रुलाई भनेका छन् ।