मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको यातायात मन्त्रीले गरिन् ठहर

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन्।

शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गर्दा दुर्घटना हुने गरेको बताइन्।

सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भनेपनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताइन्। रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी बिक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराइन्।

उनले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा बिक्री गरिरहेको छु भन्नेतर्फ ध्यान दिन आग्रह गरिन्।

मन्त्री यादवले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठूला शहरहरुमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरिन्। व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उहाँले व्यवसायीहरुलाई छलफलमा आउन पनि आग्रह गरिन्।