सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीइओमा नियुक्त गरेको हो । बैंकमा अहिलेका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।