क्याबिनेटले शिक्षक सेवा आयोगको ११औँ संशोधन स्वीकृत गर्यो, खुल्यो शिक्षक बढुवाको बाटो

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

शिक्षक सेवा आयोगको ११औँ संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा एक सय, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ।

१०औँ संशोधनले मूल नियम १८ मा सामान्य परीक्षा १००, विषयगत परीक्षा १००, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ गरी पूर्णाङ्क कायम गरेकोमा यसलाई परिवर्तन गरेको हो।

त्यस्तै नियम ३८ मा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित तथा अन्तरवार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ भनी उल्लेख गरिएको थियो। यो संशोधन भएपछि आन्तरिक प्रतिष्पर्धाको विज्ञापन गर्न बाटो खुलेको छ।