कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा देउवा क्याम्पका उम्मेदवार अगाडी, कसले कति मत ल्याए ?

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक रुझानमा सभापति शेरबहादुर देउवा पक्षले अग्रता बनाएको छ।

केन्द्रीय सदस्य (खुला)तर्फको १ सय मत गणना गर्दा सभापति देउवापक्षको अग्रता रहेको छ।

१०० मतको गणना गर्दा शशांकले ५३, उदयशम्शेर राणा ४४, रामहरी खतिवडा ४३, एनपी साउद ३७, रमेश लेखक ४२ मत पाएका छन्।

शशांक कोइराला भने शेखर कोइरालासहित देउवा पक्षको प्यानलमा थिए। केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६७२ मत खसेको छ।