ओलीले सोध्दै नसोधी सिन्दुर लगाईदिएपछि भीम रावल यसरी सन्कीए सनक्कै

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी पार्टीको सल्लाहकार परिषद् सदस्य बनाएको विषयमा आपत्ति प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका हुन् ।

‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’, रावलले भनेका छन्, ‘यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिइएको समाचार आज बिहान मात्रै बाहिरिएकाे थियाे । एमालेकाे दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका रावल केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए ।पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।