पाण्डे मुख्यमन्त्री शाहीलाई पछारेर कांग्रेस सहमहामन्त्रीमा निर्वाचित भए

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको पिछडिएको क्षेत्र क्लस्टरतर्फको सहमहामन्त्रीमा शेखर कोइरालासमूहका बद्री पाण्डे निर्वाचित भएका छन्।

केहीबेरअघि सकिएको मतपरिणामअनुसार पाण्डेले शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्।

पाण्डेले २४११ मत ल्याए भने शाही २१३३ मतमा सीमित भएका हुन्।