कांग्रेस सहमहामन्त्रीमा मन्सुर र राठौर बिजयी, कति-कति मत ल्याए ?

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

शुक्रबार कांग्रेस पार्टी कार्यालयमा भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा प्यानलका मन्सुर मुस्लिम क्लस्टर अन्तर्गत विजयी भएका हुन् । कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाएका थिए । शेखर कोइराला प्यानलका शेख वकीलले१८७१ मत पाएका थिए ।

शुक्रबार भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समुहका राठौर प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् ।

राठौरसँग पराजित भएका चालिसे नेता शेखर कोइराला समुहका उम्मेदवार हुन् । विजयी राठोरले २५७६ मत ल्याए भने पराजित चालिसेले २०५९ मत ल्याएका छन् ।