कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम आजै आउने, बाजी मार्ने को-को होलान् ?

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको हो ।

समितिको अनुसार आज मुस्लिम, मधेसी र खस आर्यतर्फ, थारु र पिछडिएको क्षेत्रको तर्फबाट मतगणना भइरहेको हो । शुक्रबार पाँच ठाउँमा मतगणना हुनेछ । थारु र पिछडीएको क्षेत्रको मतगणना भने केहीबेरमा सुरु हुँदैछ ।

मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण, रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल त्यस्तै, खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् । यस्तै थारुबाट देउवा प्यानलबाट उमाकान्त चौधरी र कोइराला प्यानलबाट तेजुलाल चौधरी प्रतिस्पर्धामा छन् ।
पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बराल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम शुक्रबारै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।