प्रतितोला ठ्याक्कै हजार रुपैयाँ बढ्दा आज कतिमा हुँदैछ सुनको कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।