महामन्त्रीमा हारेपछि मिनेन्द्रले प्रधानमन्त्री देउवालाई बुझाए रक्षामन्त्री बाट राजीनामा दिएको पत्र

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

रक्षामन्त्री मिनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बिहीबार रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। कांग्रेसको महामन्त्रीको मतगणना सकिए लगत्तै प्रधानमन्त्री देउवालाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएको उनले बताए। उनी ६ जना प्रतिस्पर्धीमा पाँचौं नम्बरमा थिए। महामन्त्रीमा रिजालले ८०९ मत पाएका छन्।

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।