मतगणना जारी छँदै गगन र विश्वप्रकाशले महामन्त्री जिते

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । महामन्त्रीका उम्मेदवार गगनकुमार थापा निकै अगाडि छन् । कुल ४१९० मत गन्दा उनले २७०९ मत प्राप्त गरेका छन् ।

थापालाई पछ्याएका विश्वप्रकाश शर्माले १७३६ मत ल्याएका छन्। डा. प्रकाशशरण महतले १३८६ मत ल्याएका छन् ।

यस्तै, प्रदीप पौडेलले १२४२, डा. मीनेन्द्र रिजालले ७२२ र डा. राजाराम कार्की ९३ ल्याएका छन् ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. महत र पौडेल, शेखर कोइराला प्यानलबाट थापा र रिजाल, प्रकाशमान सिंह प्यानलबाट शर्मा र विमलेन्द्र निधि प्यानलबाट कार्की उम्मेदवार थिए ।