कांग्रेसको १३ औं महाधिवेशनमा ५८४ मत मात्रै ल्याएका गगनले १४ औंमा सोझै जिते

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापाको महामन्त्री चयन पक्का भएको छ । डा. शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थापाले महामन्त्री बन्ने पक्का भएकाे हाे ।

१३ औं महाधिवेशनमा भने थापा कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीको उम्मदेवार बन्दै पराजित हुन पुगेका थिए । १३ औंमा जम्मा एक पदमा निर्वाचन भएको थियो ।

जसमा डा. शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापाबीच भिडन्त भएको थियो । १४१७ मत ल्याएर शशांक विजयी हुन पुगेका थिए । गुट फेरेर देउवातिर उम्मेदवार भएका केसीले १०१७ ल्याएका थिए ।

थापाले ५८४ मत मात्रै ल्याएका थिए ।