२५२० मत गनिसक्दा गगन र विश्वप्रकाश चार अंकमा उक्लिए, बाँकी सबै तीन अंकमा थन्किए

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा दुईवटा महामन्त्री पदको मतगणना जारी छ। बिहीबार बिहानदेखि जारी मतगणनामा डा. शेखर कोइराला प्यानलका गगनकुमार थापाले अग्रता बढाउँदै लगेका छन्।

२५२० मत गनिसक्दा गगनले १६४८ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन्।

तेस्रो नम्बरका डा. प्रकाशशरण महतको पक्षमा ८२७ मत खसेको छ। उता शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेलले ७४६ मत ल्याएका छन्। कोइराला प्यानलका डा. मिनेन्द्र रिजालको पक्षमा ४३६ मत आएको छ। महामन्त्रीमा हार्ने निश्चित भएसँगै उनले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन्।

ताजा मतपरिणाम
गगन थापा १६४८
विश्वप्रकाश शर्मा १०१९
प्रकाशशरण महत ८२७
प्रदीप पौडेल ७४६
मीनेन्द्र रिजाल ४३६
राजाराम कार्की ६४