महामन्त्रीमा गगन दौडदा विश्वप्रकाश पनि दोश्रो रेसमा, यस्तो छ पछिल्लो ताजा नतिजा

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। २२२१ मत गणना हुँदा गगन थापाले १४५६ तथा विश्वप्रकाश शर्माले ८९७ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ६४५, डा. प्रकाश शरण महतको ७२८ र डा. मिनेन्द्र रिजालले ३८३ र राजाराम कार्कीले ६१ मत पाएका छन् ।

थापा र रिजाल शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका हुन् । देशरबहादुर देउवा प्यानलबाट महत र पौडेल महामन्त्रीका उम्मेदवार हुन् । यस्तै शर्मा प्रकाशमान सिंह तथा कार्की विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका हुन् ।

सभापतिको दोस्रो चरणको मतदानमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।