महामन्त्रीमा हार्ने निश्चित भएपछी मिनेन्द्र रिजालले रक्षामन्त्री बाट दिए राजीनामा

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

रिजालले महामन्त्रीको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने बताएका छन् ।

अहिलेसम्म २१२० मत गन्दा गगन थापा १३८५ र विश्वप्रकाश शर्मा ८५१ मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत ६९८ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ६२१ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले ३२६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन् ।