सेन्टर फाइनान्सले गर्यो लाभांश घोषणा, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

सेन्टर फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांश पछिल्लो ५ वर्ष यताकै धेरै हो । फाइनान्सले आर्थिक वर्ष २०७३/७४ देखि यता १० प्रतिशतभन्दा धेरै लाभांश दिएको छैन ।

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।