सुनको मूल्य लाग्यो उकालो, आज कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

सुनको मूल्य लगातार उकालो लागेको छ। तोलामा ७ सय रुपैयाँले बढ्दै बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९३ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार २सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७८२ ४२ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २२. १४ डलरमा रहेको छ ।