उकालो लाग्दा लाग्दै ह्वात्तै बढ्यो डलरको भाउ, कति पुग्यो आज ?

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • chhanbin.com

अमेरिकी डलरको मूल्य झन–झन उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.२८ रुपैयाँ तोकेको छ । यस्तै, आजका लागि एक डलरको खरिद मूल्य १२१.६८ रुपैयाँ तोकिएको छ ।

यस्तै, एक यूरोको बिक्री मूल्य १३७.८५ र खरिद मूल्य १३७.१८ रुपैयाँ तोकेको छ । यसबाहेक, स्टर्लिङ पाउण्डको बिक्री मूल्य १६२.११ रुपैयाँ र खरिद मूल्य १६१.३२ रुपैयाँ कायम भएको छ । यसैगरी, ८७.१८ रुपैयाँ बिक्री मूल्य कायम भएको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.७५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री मूल्य ८९.३८ र खरिद मूल्य ८८.९४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य १०.७५ र खरिद मूल्य १०.७० रुपैयाँ छ । यता चिनियाँ युवानको बिक्री मूल्य १९.२१ र खरिद मूल्य १९.१२ रुपैयाँ छ ।

३२.५९ रुपैयाँ बिक्री दर कायम भएको साउदी रियालको खरिद दर ३२.४३ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३३.५८ र खरिद दर ३३.४२ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.२९ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.९१ र खरिद मूल्य २८.७७ रुपैयाँ कायम छ ।