प्रकाशमानलाई धनराजले पारे ठहरै, भने- बाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंहलाई व्यंग्य गरेका छन् ।

आफ्नो समूहको धन्यवाद कार्यक्रममा बोल्दै उनले नेता सिंहप्रति व्यंग्य गर्दै भने, ‘बाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए । बाबु नैतिकताको कुरा गर्नुहुन्थ्यो छोराले नैतिकता बेचिदिए ।’

आफ्नो समूहले कांग्रेसलाई पुनर्जागरण गर्ने गुरुङले बताए । महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर आफूहरू पास भएको र आगामी महाधिवेशनमा विशिष्ट नतिजा ल्याउनेगरी काम गर्ने उनले बताए ।