२८० जना थपिए कोरोनाका बिरामी, ३०० जना निको हुँदा छ जनाको ज्यान गयो

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर २८० जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ९९४ वटा नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

त्यस्तै आज ३०० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।