देउवा संग सिङ्ग तिखारेरै भएपनि जुध्ने गगनले गरे उद्घोष

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले देउवासँग आफूहरूको सम्बन्ध संघर्ष र सहकार्यको हुने बताएका छन्। सभापतिका प्रत्यासी डा शेखर कोइरालाले मतदातालाई धन्यवाद ज्ञापन गर्ने आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,’ उनले भने।

आफूहरूको अधिवेशन भएको तर एमालेको ओलीवेशन भएको उनले पुन दोहोर्‍याएका थिए। उनले आफूहरूका उम्मेदवारले नजिते पनि ताकत कम नभएको उल्लेख गरेका थिए।