बुटवल पावरले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्यो

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन्।